काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरेको विषयमा समितिमा प्रश्न उठेको छ ।
आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद दुर्गा राईले प्रतिशोधका आधारमा भ्रमण रद्ध गरिएको भन्दै प्रश्न उठाएकी हुन् ।
उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ समेत माग गरेकी छिन् ।
राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि डण्डा चलाउन पाइन्छ भन्दै प्रश्न उठाएकी हुन् । साथै राजनीतिक प्रतिशोध साध्ने काम मन्त्रीको ठाडो आदेशमा हुँदा कर्मचारीको मनोवल गिर्ने बताइन् ।
मन्त्रीको ठाडो आदेशमा युएसएडको कार्यक्रमका लागि अमेरिका जाने तय भएको प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण मंगलबार रद्ध गरिएको थियो । गत वैशाख २८ गते मात्रै त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बनेर गएकी उनलाई राजनीतिक प्रतिशोधका आधारमा एमालेबाट निर्वाचन उपप्रमुख र एमाले निकट वडाध्यक्षको दबाबमा मन्त्रीले फेरेका थिए । तर कानुन मिचेर आफूलाई सरुवा गरिएको भन्दै उनले सर्वोच्चमा मुद्दा समेत दायर गरेकी थिइन् । सर्वोच्चले उनको सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
यसअघि प्रकाशित यो सामग्री :
एमालेको ‘कोपभाजन’ मा जीतपुर सिमराकी प्रशासकीय अधिकृत, अमेरिका भ्रमण रद्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया