सुनसरीबाट ४ लाख बराबरको लत्ताकपडा बरामद 

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । सुनसरीबाट प्रहरीले अवैध रुपमा लुकाई छिपाई राखेको लत्ताकपडा बरामद गरेको छ । 

देवानगंज गाउँपालिका–४ मेहता टोलबाट बुधबार करिब  ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको हो ।   

सोही ठाउँ बस्ने सुनिल मेहताको घरमा अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बिओपी साहेवगंज, नेपाल प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले उक्त परिमाणको लत्ताकपडा बरामद गरेको हो ।

आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सुनसरीका सहायक प्रवक्ता  शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?