काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सुर्यविनायक नगरपालिका–४ बस्ने ५४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोटबाट मंगलबार साँझ पक्राउ गरेको हो ।
पुनरावेदन अदालत पाटन ललितपुरको २०७२ साउन २४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया