नवनिर्मित संसद् भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । 

भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसद्को कामहरू गर्ने तीव्र इच्छा भए पनि प्रतिकुलताका कारण निर्माण कामहरू गर्न एकदमै गाह्रो भइरहेको बताए । उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको चिन्ता व्यक्त गरे । 

उनले भने, ‘छिटो सकाएर संसद्को कामहरू भवनबाट छिटो गतिविधि गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ । तर प्रतिकुलताहरु धेरै भएको कारण निर्माणको जिम्मा लगाएको टिमहरुले कामहरू गर्न एकदमै गाह्रो भइरहेको छ । काम गर्न लाग्दा लाग्दै पनि चाहिएको मेनपावरदेखि लिएर अन्य कुरा जुटाउन सकिरहनुभएको छैन । चैत्र २० भनेको अब सात महिना छ । त्यस समयभित्र बाहिरको भौतिक पूर्वाधारसम्म बनाइए पनि व्यवहारिक रुपमा अझै डेढ वर्षभन्दा अगाडि कार्यक्रमहरु गर्न नसक्ने हो कि भन्ने चिन्ता छ ।’          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?