काठमाडौं । १७ वर्षीया युवतीमाथि जबरजस्ती करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वषीय पुरुष पक्राउ परेका छन् ।
ती युवतीले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो ।
गएको ६ वर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जबर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् ।
बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् । यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुर्व्यवहार भएको देखिन्छ । महानगरकाप प्रमुख बालेन्द्र शाह (बालेनको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारबाही प्रक्रिया अगाडि बढ्छ ।’
आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।
अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिए ।
महानगर बाल अधिकार समिति
कार्यविधिको व्यवस्थाअनुसार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘महानगर बाल अधिकार समिति’ गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरुबाट उपप्रमुखले तोकेका २ जना सदस्य, राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया