तीजको शुभकामना दिँदै प्रधानमन्त्रीले सम्झिए बाल्यकाल

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !’

प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरेका छन् ।

‘बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पर्थ्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ,’ उनले स्मरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खुब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैँ आउने दिन गन्न थाल्थ्यौं । दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?