काठमाडौं । बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन् ।
आज सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्युु भएपछि आफन्तले आज साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्घ पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
वसन्तको आज दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया