नेपाली कांग्रेसले पलेशालाई नगद पुरस्कारसहित सम्मान गर्ने

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसले पारा पेरिस ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक जिताउने पलेशा गोवर्धनलाई सम्मान गर्ने भएको छ ।

आइतबार दिउँसो कांग्रेसले पलेशासहित प्रशिक्षक कविराज नेगि एवं टोलीलाई विशेष कार्यक्रमकाबीच नगद पुरस्कारसहित सम्मान गर्न लागेको हो ।

आज दिउँसो ३ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा उक्त कार्यक्रम आयोजना गरिएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

त्यसो त यसअघि नै सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गोवर्धनलाई ६५ लाख दिने घोषण गरेका छन् । यता माओवदाी केन्द्रले उनलाई सम्मान गरेको छ ।

काठमाडौं महानगरपालिकाले पनि उनलाई ५ लाख नगदसहित सम्मान गरेको छ ।

ओलम्पिकमा नेपालीले अहिलेसम्म पाएको सबैभन्दा ठुलो पदक नै पलेशाले नेपाललाई दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?