३ जना भारतीय नागरिक ३ वटा कारसहित पक्राउ परे

लोकपथ
140
Shares

झापा । झापामा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदै गरेका तीन जना भारतीय नागरिक तीनवटा कारसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानकै अमित राय र राजकुमार घोषलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एक सय मुल्य बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

बरामद कपडाहरुमा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारसहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।

पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?