काठमाडौं । चर्चित नाटक निर्देशक तथा अभिनेता सुनिल पोखरेललाई हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’ प्राप्त भएको भन्ने खबर हल्ला मात्रै भएको पुष्टि भएको छ ।
आइतबार पोखरेल पत्नी निशा शर्माले सामाजिक सञ्जालमा लेख्दै सुनिलले ‘वाक अफ फेम’ को सम्मान पाएको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
त्यसपछि उनलाई बधाईको ओइरो र धेरै समाचारहरु बने । तर अन्तिमा त्यो समाचार झुटो भएको पुष्टि भएको हो ।
३० अमेरिकी डलर तिरेर त्यहाँ १५ मिनेटका लागि नाम लेखाएर फोटो खिच्न सकिने व्यवस्था रहेको छ । कुनै व्यक्तिले सोही गरेर पोखरेलको नाम लेखाएर फोटो बनाएका थिए । तर उनले नै पाएको भनेर हल्ला भएपछि उनले सामाजिक सञ्जालमा आफूलाई हल्लाको पात्र नबनाउन आग्रह गरेका छन् ।
‘साथीहो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनु होस । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वाश पनि छैन,’ उनले भनेका छन् ।
त्यसो त उनले आइतबार नै केही मिडियाहरुसँग त्यसबारे आफूलाई पत्यार नै नलागेको बताएका थिए । तर धेरैपटक श्रीमती निशाले हो भनेपछि पत्याएको बताएका थिए ।
उक्त खबर हल्ला मात्रै भएको थाहा पाएपछि सुनिल पत्नी निशाले समेत उक्त पोस्ट सामाजिक सञ्जालबाट समेत हटाएकी छिन् ।
विश्वमा कलाको क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई उक्त सम्मान दिँइदै आइएको छ । त्यहाँ हालसम्म विश्वभरका २७ सय बढीको नाम लेखिएको छ ।
* यसअघि असावधानीपूर्वक ‘सुनिल पोखरेलले वाक अफ फेम’ को सम्मान पाएको भन्ने सामग्री प्रकाशित भएकोमा क्षमायाचनासहित हटाएका छौँ । सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया