झापा । कोशी प्रदेशमा डेंगुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेंगु संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ ।
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगुका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेंगुको एक जना पनि संक्रमित पाइएको छैन ।
झापामा साउन १ गते यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगुको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सात जना र भद्रपुरमा पाँचजनामा डेंगुको संक्रमण भेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया