फ्राटेसी र केनको गोलमा इटालीको लगातार दोस्रो जित

लोकपथ
42
Shares

काठमाडौं । युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ।

गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो ।

इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक-एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए ।

पाहुना टोली इटालीले ३८औँ मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

६२औँ मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९०औँ मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो ।

पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ। इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?