काठमाडौं । सशस्त्र प्रहरीले आज मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट झण्डै २ सय ४५ किलो गाँजा बरामद गरेको छ ।
सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युव सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजा र ट्युब आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरीका केन्द्रीय सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया