काठमाडौं । डोटीमा आफ्नै दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ परेका छन् ।
६६ वर्षीय गणेश जोराको हत्या गरेको अभियोगमा जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५६ वर्षीय नर बहादुर जोरा पक्राउ परेका हुन् ।
नर बहादुरले घरायसी विवादका क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा गणेशको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया