त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट सुनसहित  २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्युठान सरूमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन् ।

पक्राउमध्ये हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका समीरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरुवा औँठी १ थान, मोबाइल १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।

साथै बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थानसहित देवराजलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाएइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?