काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरमाथि महाअभियोग सैह्य नहुने बताएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई महाअभियोग मान्य नहुने बताए ।
‘आज एउटा सम्मानित पदलाई परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाउमा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने पार्टीहरु गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्दै हुनुहुन्छ । स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, देशले एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ लड्नेछ,’ उनले भने ।
त्यस्तै उनले लोकतन्त्रका लागि लडेका नेताहरुनै लोकतन्त्रको हुर्मत लिन लागेको भन्दै त्यो कुरा सैह्य नहुने उनले बताए । साथै आफूहरु सडकमा जाने समेत चेतावनी दिए ।
सोमबार बसेको सत्तारुढ दलको बैठकले उपसभामुखलाई हटाउने विषयमा छलफल गरेको छ । संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नपुग्ने भन्दै उपसभामुखलाई हटाउने खेल सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया