प्रभु बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

लोकपथ
63
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ ।

प्रभु बैंक र हस्पिटलबीच बैकंका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलमा उपलब्ध सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

एक समारोहका बीच ब्लु क्रस हस्पिटलका तर्फबाट सदस्य सचिव रजत श्रेष्ठ र बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु विष्टले उक्त समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका  हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बाहिररंग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५% देखी १२% सम्म छुट प्राप्त गर्न सक्ने बैकंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाटसमेत भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?