शेयर बजार आज पनि ओरालो यात्रामा, कारोबार रकम पनि घट्यो

लोकपथ
70
Shares
?????????????????????????????????????????????????????????

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि गिरावट आएको छ ।

आज शेयर बजारमा १३ दशमलव ९ अंकको गिरावट आउँदै बजार २ हजार ६ सय ३२ दशमलव ९४ बिन्दुमा रोकिएको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै आज १ करोड, ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा आएकामध्ये आज ६७ कम्पनीको शेयर मूल्य बढेको, १७० कम्पनीको शेयर घटेको तथा ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै कारोबार भएको छैन ।

त्यस्तै आज मानुसी लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर कम्पनी, अपर स्यान्जे हाइड्रोपावर कम्पनी, सानिमा लार्ज क्यापिटल फण्ड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै नाफा कमाएका छन् । भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

त्यसो त यसअघि अघिल्लो कारोबार दिन सोमबार पनि नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । सो दिन नेप्से परिसूचक ५५ दशमलव ८६ अंकको गिरावट आएको थियो ।

हिजो कुल ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?