कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले सुरु गरे अनसन, यी हुन् मागहरु

लोकपथ
126
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले अनसन सुरु गरेका छन् ।

आफूले सरकारको नेतृत्व गर्दा सुरु गरेका योजनाहरु काटिएको भन्दै प्रदेश सभा अघि बनस्खण्डीमा अनसन बनेका हुन् ।

उनले यसअघि नै वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न माग राखेर अनसन बस्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्री समक्ष विभिन्न ९ माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । तर मुख्यमन्त्रीले त्यसबारे कुनै चासो नदेखाइएको भन्दै मंगलबार दिउँसोबाट अनसन सुरु गरेका हुन् ।

उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंशेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा संचालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र संचालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया करिडोर निर्माण लगायतका मागहरु राखेका छन् । यी मागहरुबारे ध्यानाकर्षण मुख्यमन्त्रीलाई गराएका थिए ।

तर मुख्यमन्त्रीले उनका मागबारे चासो नदेखाएको भन्दै आजबाट अनसन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?