झापा । झापामा १३ करोड रुपैयाँ भन्दा बढीको बिलबिजक नभएका सामान बरामद भएको छ ।
भन्सार छली भारतबाट १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान स्थानीय प्रशासनले बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो ३ वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढंगले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रहरीले आव २०७८/७९ मा ४ करोड ५ लाख ६ हजार एक सय ८१, आव २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार ३ सय ६४ र आव २०८०/८१ मा ५ करोड ७० लाख ४६ हजार ४ सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रवक्ता चन्दका अनुसार प्रहरीले ३ वर्षमा एक करोड ७८ लाख ९७ हजार ८ सय ४६ मूल्यका ४ हजार २ सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले आव २०७८/७९ मा एक हजार २ सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा २ हजार ४ सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया