महिन्द्राका तीन आधिकारिक बिक्रेताको सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग बीमा सम्बन्धी सम्झौता

लोकपथ
56
Shares

काठमाडौं । महिन्द्रा फोर व्हीलरको विराटनगर, इर्टहरी, धरानका आधिकारिक बिक्रेता  रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्टन अटो प्वाईन्टले नगदरहित दाबीका लागि सरगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि (सलिको) सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा ईष्टन अटो प्वाईन्टका तर्फबाट सञ्चालक किरण भट्टराई, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताका अनुसार महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार गर्दा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने रोयल अटो इन्टरप्राइजेजले जनाएको छ ।  

उक्त अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरु, स्थानीय बैंकका प्रतिनिधीहरु, बीमा सर्भेयरहरु लगाएतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?