नेपाली कांग्रेसले माग्यो उपसभामुख रानामगरको राजीनामा

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा माग गरेको हो ।

२०२३ को फेबु्रअरीमा उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन को ६७औँ’ सत्रमा सहभागी हुन चार पुरुष र एक महिलाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही पत्र साउन पहिलो साता सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भएलगत्तै उपसभामुख रानामगर गम्भीर विवादमा परेकी छिन् ।

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउका लागि सत्ता गठबन्धनमा थप छलफल गर्ने निर्णय लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?