ज्योति विकास बैंक र शाइन इखडोल फिटनेस एण्ड रिक्रिएसन सेन्टरबीच सम्झौता  

लोकपथ
35
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडे र इन इखडोल फिटनेस एण्ड रिक्रिएसन सेन्टर प्रा.लि बीच सम्झौता भएको छ । 

बैंकका ग्राहकहरूलाई फिटनेस तथा रिक्रिएसन सेन्टरमा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्‍याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीएसन सेन्टरको खानामा १० प्रतिशत  छुट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ । उक्त स्विमिङ पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?