काठमाडौं । अर्घाखाँचीमा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको अर्घाखाँचीका प्रमुख डीएसपी प्रतितसिंह राठोरले जानकारी दिए ।
राठोरका अनुसार, शितगंगा–१२ हिलेखोला नजिक आज बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डवल क्याप जीप दुर्घटनामा परेको हो । उनले जीप सडकबाट करिब ६० मिटर तल खसेको बताए ।
दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ।
यी हुन् घाइते
१. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष ४० को चुराबहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागि बुटवल रिफर।
३.ऐ.ऐ.७ बस्ने वर्ष २४ की अनिता परियारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४.ऐ.ऐ.बस्ने निज अनिता परियारको छोरा २० महिनाको प्रयन्स परियार चोट नभएको।
५.ऐ.ऐ.८ बस्ने वर्ष ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६. ऐ.ऐ.बस्ने पर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७.ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८.ऐ.ऐ.५ बस्ने वर्ष ७ की अनुष्का पंन्थीको टाउकोमा चोट, अवस्था मध्यम।
९. हालसम्म ठेगाना नखुलेको वर्ष २६ की विष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया