सलिकोको प्रादेशिक कार्यालय पोखरामा

लोकपथ
42
Shares

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखराको आज उद्घाटन भएको छ ।

सालिको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहालले संयुक्त रुपमा अमरसिंह चोक पोखरा कार्यालयको विधिवत् रुपमा समुद्घाटन गरेका हुन् । 

सो अवसरमा शुभकामना दिँदै दाहालले सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको र सो साख जोगाइ राख्न अनुरोध गरे ।

यस कार्यक्रममा क्षेत्रीले सम्पूर्ण कमाचारीहरुलाई उच्च मनोबलका साथ इमानदारी पूर्वक बीमालेख बुझाएर बेच्न समेत आग्रह गरे ।  

कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?