पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

लोकपथ
49
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका थिए । तर बरियताक्रम मिचेर जोशीको नियुक्ति गरिएको भन्दै तत्कालीन सीईओ डा. धनञ्जय रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले जोशीलाई हटाउँदै आफ्नै निरन्तरता दिन माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन । त्यससँगै सर्वोच्चको अन्तिम निर्णय नआएसम्मका लागि जोशीले कामकारबाही गर्न भने रोकिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?