झापामा पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी

लोकपथ
35
Shares

काठमाडौं । झापामा पूजाको प्रसाद खाँदा ६० जना भन्दा बढी बिरामी भएका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिका–९ मा पूजाको प्रसाद खाँदा ठूलो संख्या स्थानीयहरु बिरामी भएका हुन् ।

त्यहाँकी स्थानीय रिता निरौलाको घरमा नारायणपूजा लगाइएको थियो । उक्त पूजामा आएका गाउँले र पाहुँनाहरु बिरामी परेको प्रहरीले जनाएको छ ।

उनीहरुले पूजामा सेलरोटी, पुरी र तरकारी खाएका थिए । उनीहरुमा बान्ता र पखाला देखिएको हो । साथै उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?