महेश बस्नेतविरुद्धको मुद्दा खारेज

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो सँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।

यसअघि जिल्ला अदालत काठमाडौंले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी पाठकले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गरेकी थिइन् ।

पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको रिट खारेज भएपछि उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

एमाले नेता बस्नेतविरुद्ध ति महिलाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गरेकी थिइन् ।

उनको जाहेरीको दाबी नपुग्ने भन्दै प्रहरीले मुद्दा नचल्ने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसबमोजिम सरकारी वकिलको कार्यालयले पाठकको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो ।

त्यसविरुद्ध पाठक अदालत गएकोमा अदालतले सरकारी वकिलको निर्णय सदर गर्दै मुद्दा चलाउनुपर्ने उनको माग अश्वीकार गरेको हो ।

ती महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बस्नेतमाथि उनले लगाएका आरोप पुष्टि नभएपछि प्रहरीले मुद्दा अघि बढाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?