शेयर बजारका निराश लगानीकर्तामा उत्साह, उच्च अंकले बढ्यो नेप्से

लोकपथ
147
Shares

काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले वृद्धि भएको हो । आज बजार २ दशमलव ९९ प्रतिशतले बढ्दा बजार परिसूचक २ हजार ६ सय ८८ दशमलव ३८ बिन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार भने सन्तोषजनक देखिएन । आज कुल १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज धेरै कम्पनीको शेयर बजारका धेरै लगानीकर्ताहरु मालामाल भएका छन् । आज कारोबारमा आएकामध्ये २२९ कम्पनीको शेयर वृद्धि भएको छ । त्यसो त १२ वटा कम्पनीका शेयर घट्दा ३ वटाको मूल्यमा कुनै पनि परिवर्तन देखिएन ।

त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड, एस्ट्रन हाइड्रोपावर, रावा इनर्जी डेभवलबमेन्ट लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । भने थ्री स्टार हाइड्रोपावर कम्पनी, सानिमा लार्ज क्यापिटल फण्ड, आरबीबी म्यूचुअल फण्ड लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?