रास्वपाका पूर्व सांसद ढाकाराम श्रेष्ठ लागुऔषध बिक्रीको आरोपमा पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशनमा परेको ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले ढाकाकुमारलाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका एक युवकले प्रहरीलेसँग उक्त लागुऔषध औषधिपसलबाट खरिद गरेको बताएसँगै उनलाई पक्राउ गरिएको जिप्रका कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

गत साउन ३ गते रोल्पाका प्रकाश थापामगरलाई प्रहरीले लागुऔषध ट्रुपाइनको ९७ क्याप्सुल चक्कीसहित पक्राउ गरेको थियो । पोखराको पृथ्वीचोकमा रहेको दिया फार्मेशीबाट खरिद गरेको बयान दिएपछि अनुसन्धानका लागि ढाकाकुमारलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत कास्कीबाट पक्राउपुर्जी लिएर ढाकाकुमारलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको थापाले बताए ।

समानुपातिकबाट सांसद रहेका उनको पैसाको बार्गेनिङ गरेको एक अडियो सार्वजनिक भएपछि उनलाई सांसद पदबाट हटाइएको थियो । उनको ठाउँमा बिन्दबासिनी कंशाकारलाई ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?