त्रिविको पनिकामा कडा नियम : खाजा खाने समय आधा घण्टा, सामाजिक सञ्जालमा रोक

लोकपथ
21
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले कर्मचारीहरुको खाजा खाने समय कटौती गरेको छ ।

प्राय सधैँ काममा ढिलासुस्ती गर्ने भनेर आलोचना हुने र सेवाग्राहीले दुख पाउने गुनासोपछि खाजा खाने समय घटाइएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दैै दिनको १ः३० बजेबाट २ बजेसम्मका लागि खाना खाने समय तोकिएको हो । साथै कार्यालय समयमा कर्मचारीहरु सामाजिक सञ्जालमा भुल्ने गरेको र सेवाग्राही मर्कामा पर्ने गुनासोपछि कार्यालयको काम बाहेक इन्टरनेटमा अनावश्यक समय बर्बाद नगर्न समेत निर्देशन दिएका छन् ।

देशभरबाट विद्यार्थीहरु आफ्नो शैशिक प्रमाणपत्र लिन आउने थलो पनिकामा कामको ढिलासुस्तीका कारण निरन्तर विद्यार्थीहरुको आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?