बाढी र आगजनीको उच्च जोखिमको मधेसमा बीमाप्रति कम आकर्षण

लोकपथ
35
Shares

वीरगन्ज । मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् ।

बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् । मधेसको कुल जनसंख्या ६१ लाख १४ हजार  ६ सय छ भने जीवन बीमा गर्नेको संख्या भने कुल जनसंख्याको ८ दशमलव ९५ प्रतिशत छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको  बताए । ‘मधेस प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ’, उनले भने। 

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०र८१ सम्म मधेस प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख संख्या ३ लाख २६ हजार २ सय ६७ रहेको छ । बीमा शुल्क संकलनमा मधेस प्रदेशको प्रतिशत भने ६ दशमलव ४१ प्रतिशत छ । 

आव २०८०/८१ सम्म मधेस प्रदेशमा सक्रिय बीमालेखको संख्या ५ लाख १५ हजार २ सय ७३ छ । गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख संख्या ३ सय ४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख संख्या ११ हजार ५ सय ११ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?