पौडी खेल्न पोखरी छिरेका ६५ वर्षीय वृद्धको मृत्यु

लोकपथ
49
Shares

उदयपुर । पौडी खेल्ने क्रममा डुबेर उदयपुरको चौदण्डीगढी नगरपालिका–९ लालाभित्तेका एक पुरुषको ज्यान गएको छ ।

अध्याधिक गर्मीका कारण शुक्रबार सिँचाईका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा ६५ वर्षीय गोरेमान राईको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए । सो वडाका वडाअध्यक्ष प्रकाश राउतका अनुसार पौडी खेल्ने क्रममा गहिरोमा पुगेर बाहिर निस्कन नसक्दा राईको ज्यान गएको हो ।

मृतक राई २५–३० वर्षदेखि भारतमा बस्दै आएका थिए । उनी एक वर्ष अघि मात्र लालाभित्तेमा आफ्ना दाजु सीताराम राईको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार राई अविवाहित थिए । घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?