वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा

लोकपथ
0
Shares

काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ । 

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् । 

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित ५ आइसियू बेड र १० वटा वार्ड बेड छन् । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन गरेको थियो । 

५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए । 

हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ । उद्घाटनपछि बिरामीको उपचारका लागि २४सै घण्टा जलन उपचार केन्द्र खुला भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?