झापामा छुरा प्रहारबाट मृत्यु भएकी युवतीकाे पहिचान खुल्यो

लोकपथ
266
Shares

झापा । झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी  युवतीको  पहिचान खुलेको छ । 

हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी  मनीषा लोहार भएको  खुलेको हो ।

त्यस्तै उनलाई छुरा प्रहार  गर्ने युवक कैलाली  जिल्ला स्थायी ठेगाना भएका  अन्दाजी २० वर्षका  अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ ७ बजे उनको मृत्यु भएको हो ।

उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।   छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको  लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । 

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा  उनी घाइते भएका हुन् ।  घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ । 

चार दिनअघि  केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?