‘बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशील छ’

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशील रहेको बताएका छन् ।

शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यिनीहरूको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र सुनिश्चित भविष्यको आधारशिला तयार गर्छ । बालबालिकाको शिक्षा,स्वास्थ्य क्षेत्रमा भएका लगानी र बाल संरक्षणका विविध सवालहरुलाई सम्बोधन गर्न आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले लिएको नीति र बजेट व्यवस्थाले समेत प्रस्ट पारेकोमा वर्तमान सरकार बाल अधिकार सुनिश्चितताका लागि अत्यन्तै संवेदनशील छ भन्ने विश्वास दिलाउन चाहन्छु । सरकारले बालबालिका सम्बन्धी विभिन्न कानुन,नीति योजना तथा कार्यक्रमहरू मार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएको भए तापनि थप लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ ।’

साथै उनले बालबालिकाको संरक्षणका लागि धेरै समस्या र चुनौतीहरूको सामना गर्नु परेको बताए । उनले बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बालविवाह लगायत अन्य समस्याहरूलाई उन्मुलन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?