अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

लोकपथ
77
Shares

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ ।

जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।

बाटो भत्किँदा सिमकोट–८ यांगु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहिबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?