धारा नेपालगन्ज म्याराथनलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ 

लोकपथ
28
Shares

काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।

प्रि–इभेन्टका रुपमा नेपालमै पहिलो पटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ ।

त्यसैगरी रनिङ संस्कृति बढवा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार वर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । 

यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । 

दशौं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भुमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ ।

यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ । चाहनालाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरिएको छ ।

उनले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन् । ट्रायथोलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक वर्ष सञ्चालन गर्ने युथ एम्बेस्डर कोर्ष २०२२ गरिसकेकी छिन् । साथै हाङझाव एशियाडमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यस्तै गौघाट ग्रीन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो । 

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । 

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?