त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका वृद्ध एकान्तकुनामा भेटिए

लोकपथ
133
Shares

काठमाडौं । अमेरिकाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका पर्वतको पैँयू गाउँपालिका–१ का ७६ वर्षीय दण्डपाणि भुसाल भेटिएका छन् । हराएको झण्डै १४ घण्टापछि उनी आफन्तको सम्पर्कमा आएका छन् ।

शनिबार राति साढे १० बजे विमानस्थल अवतरण गरिसकेका दण्डपाणी त्यसपछि हराएका थिए । विमानस्थल अवतरण भएपछि उनले आफू आइपुगेको जानकारी पनि आफन्तलाई गराएका थिए ।

तर उनी नभेटिएपछि उनका आफन्तहरू आइतबार बिहान प्रहरी कार्यालय गौशाला पुगेर निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा विमानस्थलको सिसिटिभि क्यामरामा उनी राति नै बाहिर निस्किदै गरेको दृश्य देखिएको थियो । त्यसपछि उनी एकान्तकुना पुगेका थिए । उनी कसरी त्यहाँ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?