काठमाडौं । मकवानपुर र कास्कीबाट अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागऔषध गाँजा २ सय २३ किलोग्रामसहित २ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा धादिङ धार्के गाउँपालिका–४ बस्ने ३४ वर्षीय जिवन मगर र सोही गाउँपालिका–६ महादेबवेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.२१ च ५२२६ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित चालक जिवन र पिकअपमा सवार प्रदिपलाई आइतबार बिहान पक्राउ गरेको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङबाट अवैध लागुऔषध गाँजा करिब ८ सय ५० ग्रामसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने २४ वर्षीय मिलन थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया