गृहमन्त्री लेखक भन्छन्- ‘सुरक्षा निकाय सरकारको भरोसाको केन्द्र हो’ 

लोकपथ
77
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको बताएका छन्  ।

आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स.१६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पु-याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।

उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन्  ।  समारोहमा गृहमन्त्री लेखकसँगै गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?