करणराजको ‘गल्ती मेरो छैन’ को फिमेल भर्जन सार्वजनिक (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । करणराज कार्कीको ‘गल्ती मेरो छैन २ः०’ बोलको फिमेल भर्जनको गीत सार्वजनिक गरिएको छ ।

गीतमा बुलेट फ्लो, रेश्मा पुन, ससिका राई र सारा अधिकारीको समेत आवाज सुन्न सकिन्छ । गीतको भिडियो ‘करणराज कार्की’ नामक युट्यूब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द र संगीत करण राज कार्की स्वयमले गरेका छन् । त्यस्तै म्युजिक भिडियोमा रिया तामाङ, कृपा श्रेष्ठ, हिटोक लामा, प्रीन्सु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिशा क्षेत्री, तनुजा मगर लगायतको अभिनय रहेको छ ।

नेपाली सांगितीक क्षेत्रमा करणराज कार्की परिचित नाम हो । नेपाल आईडल हुँदै हाल चर्चित टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ लाई सफल बनाउन पर्दा बहिरबाट संगीत निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?