आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

लोकपथ
161
Shares

काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ४१ पदमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो कुरा जानकारी दिए ।

आज नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीले प्रधानमन्त्रीसँग भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेको थियो ।

हाल २ जिल्ला समन्वय समितिका प्रमुखसहित ४१ पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन हुनुभन्दा ६ महिना अघिसम्म विभिन्न कारणले स्थानीय तहको पद रिक्त भएमा निर्वाचन गर्नुपर्नेै संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?