धनराज जोडिएको भनिएको मितेरी सहकारीको अनियमितताबारे सीआईबीले थाल्यो अनुसन्धान

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।’

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गराएका हुन् ।

ज्योती कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । ज्योती सहकारी प्रकरणमा मुछिएसँगै सो विषयमा धनराजलाई समेत जोडेर हेरिएको छ । तर गुरुङले भने आफू र ज्योती २०७६ सालमा नै सम्बन्धविच्छेद गरेका कारण त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन् । साथै उनले आफूमाथि जुनसुकै कारबाही गरे पनि आफू भोग्न तयार रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?