विश्वकप लिग टु : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

लोकपथ
588
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुने खेल क्यानडाको ओन्टारियोमा खेलाइनेछ। क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ । भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ ।

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ । नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?