धोबिखोलाले बगाएको ट्याक्सी यूएन पार्क भेटियो

लोकपथ
322
Shares

काठमाडौं । आइतबार राति काठमाडौं महानगरपालिका–२९ स्थित रुद्रमती करिडोरबाट अनियन्त्रित भइ धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ ।

हिजो राती ८ः२० बजेको समयमा मदन भण्डारी कलेज नजिकै रुद्रमती करिडोरबाट धोबिखोलामा खसेको बा. २. ज. १७९२ नम्बरको ट्याक्सी हराएको थियो ।

उक्त ट्याक्सी आज सशस्त्र प्रहरीको उद्धार टोलीले आज बिहान कामनपा–११ थापाथलीस्थित यूएन पार्क अगाडी नदीमा डुबेको फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार गणबाट सहायक प्रहरी निरीक्षक समिप श्रेष्ठको कमाण्डमा ११ जना (२ जना गोताखोर) टोली परिचालन गरी उक्त ट्याक्सीको खोजीलाई तीव्र पारिएको थियो । उक्त ट्याक्सीको पाटपुर्जासहित उद्धार टोलीले निकालेको हो ।

ट्याक्सी चालकको भने हिजो साँझ नै उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?