यी हुन् संसद्मा अत्यधिक गयल हुने १४ माननीयहरु (सूचीसहित)

लोकपथ
504
Shares

काठमाडौं । संसद्मा धेरै गयल हुने सांसदहरुको सूची सार्वजनिक भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न कारण देखाउँदै लामो समय संसद्मा उपस्थित नहुने सांसदहरुको सूची सार्वजनिक भएको हो ।

जसमा सबैभन्दा बढी मनोरमा शेरचन, अम्बिका बस्नेत, वसन्तकुमार नेम्वाङ र दिपक बोहरा बिदामा बसेका छन् । उनीहरुले स्वास्थ्य उपचारका कारण बिदामा बसेको संघीय संसद सचिवालयलाई जानकारी गराएका हुन् । उनीहरु गत वैशाख २८ गतेबाट हालसम्म गरी ५६ दिन संसद्मा अनुपस्थित रहेका हुन् ।

आज रातिबाट संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदैछ । आजको अन्तिम बैठकमा यस अधिवेशनमा भएका कामकारबाहीबारे सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?