मधेस प्रदेशको चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण   

लोकपथ
56
Shares
फाइल तस्बिर

जनकपुरधाम । मधेस प्रदेशको चार जिल्लामा  आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्ममा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निर्माण गर्ने लक्ष्य थियो ।

यस क्रममा साना तथा ठूला गरी ५१ वटा पक्की पुल  निर्माण गरिएका छन् ।  हुलाकी सडक निर्माण कार्य नेपाल तथा भारत सरकारको  लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?