संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के–के भने ? (पूर्णपाठ)

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यो कार्यकालको पहिलो विदेश भ्रमणमा जाँदैछन् ।

आगामी असोज ४ गते प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

सो सम्बन्धमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गरेका छन् ।

संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले नेपालको समस्या र चुनौतीबारे महासभामा जानकारी गराउने बताए ।
त्यस्तै कसैसँग शत्रुता नभएको बताउँदै सबैसँग नेपालको मित्रता रहेको सन्देश विश्व समुदायलाई दिने समेत प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताए ।

‘नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, गाइडेट छ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, असलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसङ्घमा राख्ने छौंँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?