लक्ष्मी सनराइज बैंकद्वारा किशोरीहरुलाई सुरक्षा र आत्मरक्षाको तालिम प्रदान

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा लक्ष्मी सनराइज बैंकले किशोरीहरुलाई सुरक्षा र आत्मरक्षाको तालिम प्रदान गरेको थियो । 

किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यका तीन वटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो । 

तीनै वटा जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरूलाई उक्त तालिम प्रदान गरिएको हाे ।

तालिम प्रदान गरिएका विद्यालयहरू (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानो ठिमी भक्तपुर रहेका थिए । तालिम गत भाद्र २५, २०८१ देखी भाद्र २८, २०८१ सम्म सञ्चालन गरिएको थियो ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरू, सहायक प्रधान अध्यापकहरू, शिक्षकहरू लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरूको उपस्थितिमा उक्त तालिम सञ्चालन गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?